close

भक्तपुरमा टेबुलटेनिस प्रतियोगिता समापन

भक्तपुरमा टेबुलटेनिस प्रतियोगिता समापन

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाद्धारा सञ्चालित विद्यालय स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुलटेनिस प्रतियोगिता समापन भएको छ । नगरको २ नम्बर वडा समितिको आयोजनामा वासु मावि कालीघाटमा प्रतियोगिता सम्पन्न भएको हो ।

 

कार्यक्रममा नगरप्रमुख सुनील प्रजापतिले विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । विद्यार्थीले शिक्षा र खेललाई सँगसँगै अगाडि लैजानुपर्ने धारणा उनले राखे ।

 

प्रतियोगितामा ब्वाइज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमी प्रथम, द राइजिङ इंग्लिस स्कुल द्वितीय तथा हिमालयन ग्लोरी इंग्लिस स्कुल र जेन्युइन सेकेन्डरी स्कुल तृतीय भए ।

 

गर्ल्स टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमी प्रथम, प्रभात इंग्लिस स्कुल द्वितीय तथा जेन्युइन सेकेन्डरी स्कुल र माउन्ट भ्याली स्कुल तृतीय भए ।

 

त्यसैगरी ब्वाइज यू-१६ इभेन्टमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका उज्ज्वल न्हुछे प्रथम, प्रभात ई. स्कुलका प्रज्ज्वल गोथे द्वितीय, प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका सफल लामा र हिमालयन ग्लोरी ई. स्कुलका विमित पञ्च तृतीय हुन सफल भए ।

 

गर्ल्स यू-१६ इभेन्टमा भने प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका दिया देउला प्रथम, प्रभात ई. स्कुलका आरती सुवाल द्वितीय र प्रभात ई. स्कुलकै कृतिका तामाङ एवं प्रदीपा सुवाल तृतीय भए ।

 

प्रतियोगिताको अर्को इभेन्टमा ब्वाइज यू-१२ मा माउन्ट भ्याली ई. स्कुलका सोहन गोर्खाली प्रथम, प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका विशाल कवाँ द्वितीय एवं प्रभात ई. स्कुलका रोशन त्यात र माउन्ट भ्याली ई. स्कुलका अभिनव अधिकारी तृतीय भए ।

 

यस्तै, गर्ल्स यू-१६ इभेन्टमा प्रभात ई. स्कुलका क्यारिना सुवाल प्रथम, प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका नर्मदा खाइतु द्वितीय एवं प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकै सृष्टिका लिवी र प्रभात ई. स्कुलका सौरभी कोजू तृतीय हुन सफल भए ।

 

कार्यक्रममा सोमबारदेखि सुरु हुने देशव्यापी वडा स्तरीय टेबुलटेनिस प्रतियोगितामा भक्तपुर नगरपालिकाका तर्फबाट सहभागी विभिन्न वडाका खेलाडीलाई जर्सी वितरण गरिएको थियो ।