close

रूपन्देहीका सबै हाटबजार बन्द

रूपन्देहीका सबै हाटबजार बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही- कोराना संक्रमणको दोस्रो लहरले लपेटेपछि रूपन्देहीमा नियमित रूपमा लाग्दै आएका हाटबजार बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आदेशमा नियमित रूपमा लाग्दै आएका सबै हाटबजार अर्को सूचना जारी नभएसम्म बन्द गरिएको हो ।

 

बुटवल उपमहानगरको वडा नम्बर ६ मा रहेको पुरानो हाटबजार शनिबार बिहानदेखि प्रहरी परिचालन गरी बन्दा गराइएको छ । बिहान बजारमा सामान लिएर गएका व्यवसायी आ–आफ्नो सामान लिएर फिर्ता गएका छन् । 

दैनिक उपभोग्य वस्तु, तरकारीको हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीले भने आफूहरूले भौतिक दूरी कायम गरेर तरकारी बिक्री गर्न पाउनुपर्ने माग राखेका छन् ।

 

च्याउ उत्पादक किसान संघ रूपन्देहीका ऋषि पोखरेलले किसानले उत्पादन गरेका वस्तुको सहज बिक्री गर्न पाउनुपर्ने बताए । उत्पादित वस्तु खेर जान नदिन हाटबजारमा सामाजिक दूरी कायम गरेरै वस्तु बिक्री अनुमित दिनुपर्ने उनको माग छ ।

 

यसका लागि च्याउलगायत तरकारी उत्पादक किसान संघ तथा महासंघ सकारात्मक रहेको उनको भनाइ छ ।

 

सबै हाटबजार बन्द भएपछि हाटबजार व्यवसायी संघ रूपन्देहीले बुटवल उपमहानगरलगायत स्थानीय तहमा डेलिगेसन जाने र सहज रूपमा किसानको उत्पादन बिक्री गर्ने वातावरण मिलाउन आग्रह गर्ने भएको छ । त्यसका लागि आइतबार समय तय गरिएको हाटबजार व्यवसायी संघ रूपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले जानकारी दिए ।