close

राप्तीले बनायो पशुपक्षी उपचार केन्द्र भवन 

राप्तीले बनायो पशुपक्षी उपचार केन्द्र भवन 

Trulli
ADVERTISEMENT

दाङ–दाङको राप्ती गाउँपालिकाको पशु सेवा शाखाले आफ्नै भवनबाट पशुपक्षी उपचार सेवा सुरु गरेको छ । वडा नम्बर ४ को गोपीनालामा रहेको पशुपक्षी उपचार केन्द्रको नवनिर्मित भवनबाट सेवा सुरु गरेको पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिए ।


पशुपक्षी उपचार केन्द्रले पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्रविधिक, नायब पशु स्वास्थ्य प्रविधिक गरी ५ जना कर्मचारीसहित आफ्नै भवनबाट निःशुल्क सेवा दिन सुरु गरेको हो ।


गोपीनालामा रहेको केन्द्रमा निःशुल्क पशुपक्षीको गोबर परीक्षण, परजीवीको उपचार, पशुपक्षीसम्बन्धी सम्पूर्ण रोगको उपचार, खोप, बन्ध्याकरण, कृत्रिम गर्भाधारण, परामर्श सेवा नियमित रूपमा सञ्चालन भइरहेको पशु स्वास्थ्य प्रविधिक कमल पुन मगरले बताए । 

 

पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रूपमा हिउँदे र बर्खे घाँसका बिउ, बेर्ना वितरण गर्दै आएको छ ।
शाखाले छिट्टै आधारभूत प्रयोगशाला सञ्चालन गर्न लागेको रिजालले बताए ।


राप्ती गाउँपालिका पशु सेवा शाखाले पछिल्लो समय पशुपक्षीमा लाग्ने सरुवा रोग पिपिआर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखिएकोले पशुपक्षी ओसारपसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापडण्ड पूरा गरेको बिक्री–वितरण गर्न आग्रह गरेको छ ।