close

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमै खुम्चिने

आइसोलेसनमा नेपालको अर्थतन्त्र

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमै खुम्चिने

आइसोलेसनमा नेपालको अर्थतन्त्र

Trulli
ADVERTISEMENT

काठमाडौं - विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनअनुसार कोरानाका कारण गरिएको लकडाउनले यस क्षेत्रको आर्थिक गतिविधि प्रभावित भएको देखिएको छ । पर्यटन क्षेत्रमा भएको ठूलो क्षतिका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ०.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । 


बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक विवरणअनुसार महामारीको असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै खराब मन्दीमा डुबेको छ  । यसले अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् भने लाखौं मानिस चरम गरिबीमा धकेलिँदै छन् । 


पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशत हाराहारी रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आकलनसहितको उक्त प्रतिवेदनले तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने प्रतिवेदनको अनुमान छ ।


जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । विप्रेषणमा आएको गिरावटका कारण अति विपन्नले आयस्रोत गुमाउने अवस्था रहेको प्रतिवेदनमा औंल्याइएको छ । 


‘महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसलाई सबैभन्दा गम्भीर असर पर्ने अनि उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,’ मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक  फारिस हदाद जर्भोसले भने । 


नेपालमा अनौपचारिक व्यवसायमा करिब ५० प्रतिशत उद्यम पर्छन् भने यी उद्यम अधिकांश श्रमजीवीको कमाइको मुख्य स्रोत हो ।


यो समूहमध्ये सहरी अनौपचारिक क्षेत्रका कामदार र सहरी क्षेत्रका स्वरोजगार परिवार सबैभन्दा बढी जोखिममा रहेको विश्व बैंकले औंल्याएको छ ।