close

माई नगरपालिकाले काेराेना नियन्त्रणमा सक्याे ४८ लाख

माई नगरपालिकाले काेराेना नियन्त्रणमा सक्याे ४८ लाख

Trulli
ADVERTISEMENT

इलाम -  माई नगरपालिकाले कोरोना भाइरस नियन्त्रणमा ४८ लाख ५० हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको यो खर्च असार मसान्तसम्मको हो । 


कोरोना संक्रमणपछि समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


विपन्न नगरवासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो ।


नगरपालिकाले बाहिरबाट आउनेलाई राख्ने क्वारेन्टाइनमा ६५ वटा शैया खरिद गर्न १२ लाख खर्च गरेको छ । अहिले अस्थायी शैया थपेर नगरपालिकामा एक शैयाको  क्वारेन्टाइन तयारी अवस्थामा रहेको बताइएको छ ।


क्वारेन्टाइनमा बस्ने र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई खाना र खाजा गरी ७ लाख खर्च भएको छ । बाहिरबाट आएकालाई नगरपालिकामा ल्याउन सवारी भाडाबापत ३ लाख खर्च भएको छ ।


महामारीको विषयमा जनचेतना जगाउन प्रचार–प्रसार, मास्क वितरणमा १ लाख ५० हजार खचिएको नगरपालिकालका  लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । 

 

महामारी नियन्त्रण गर्न नगरपालिकाले प्रकोप विपद् व्यवस्थापन कोषको ५० लाख र प्रदेशबाट प्राप्त १० लाख खर्च गरेको छ ।


महामारीको समय रोजगारीका लागि नगरपालिका बाहिर गएर कमाइरहेका समूहले राहतमा सहयोग गरेका थिए । यसमा ७० हजार नगदसहित दैनिक उपभोग्य वस्तु नगरपालिकामार्फत वितरण गरिएको छ ।