close

कार्यसम्पादनमा उत्कृष्ट चार कर्मचारीलाई सम्मान

कार्यसम्पादनमा उत्कृष्ट चार कर्मचारीलाई सम्मान

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिकाले कार्यसम्पादनमा उत्कृष्ट चार कर्मचारीलाई पुरस्कृत गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई उत्कृष्ट रोशी सेवा पुरस्कार प्रदान गरियो । तामाङलाई नगद २५ हजारसहित गाउँपालिका अध्यक्ष अध्यक्ष दिनेश लामाले  सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

गाउँपालिकाका जिन्सी शाखा प्रमुख जयप्रसाद गजुरेल, वडा नं. ११ का वडासचिव मानवीर लामा र लेखा शाखाका कम्प्युटर अपरेटर पेमा नाम्गेल लामालाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीलाई प्रोत्साहन गर्न स्थानपना दिवसको अवसरमा सम्मान गरिएको जानकारी दिए ।  जनप्रतिनिधिहरूको योजना र कर्मचारीहरूको मेहनतले गाउँपालिका उत्कृष्ट हुँदै आएको अध्यक्ष लामाको दाबी छ । उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डित गर्ने अभ्यासको शुरुवात गाउँपालिकाले गरेको उनको भनाइ छ ।