close

उत्कृष्ट करदातालाई सूर्यविनायकको सम्मान

उत्कृष्ट करदातालाई सूर्यविनायकको सम्मान

Trulli
ADVERTISEMENT

भक्तपुर- सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकालाई सबैभन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङलाई सर्वोत्कृष्ट करदाता र निक भुजिक हाउजिङलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।

सो अवसरमा नगरप्रमुख बासुदेव थापाले ७ वर्षे कार्यकालमा शून्यमा रहेको नगरपालिकालाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न करिव ७ दर्जन ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गरी जारी गरेको बताए । उनी दोस्रो कार्यकालमा पनि अध्यक्षमा निर्वाचित भई काम गर्दै आएका नगरप्रमुख हुन् । 

उनले सात वर्षे कार्यकालमा ‘विकासमा ऐक्यवद्धता र राजनीतिमा प्रतिष्पर्धा’ भन्ने मूल सिद्धान्त अनुरुप काम गरेको र त्यसैको परिणाम सातवर्षे कार्यकालमा प्रभावकारी काम गर्दै आएको बताए । उनले जनताका समस्यालाई आफूले आफ्नै समस्याको रुपमा लिएको जनाउँदैं जनतालाई सहज, सरल र पारदर्शीरुपमा सेवा प्रवाह नै मूख्य लक्ष्य रहेको बताए ।