close

७५ जनाको आँखाको नि:शुल्क अप्रेशन

७५ जनाको आँखाको नि:शुल्क अप्रेशन

Trulli
ADVERTISEMENT

दोलखा- मेलुङ गाउँपालिकामा  मोतियाविन्दुका बिरामीहरुको नि:शुल्क अप्रेशन गर्न सूरु गरिएको छ । 

फागुन २० गतेदेखि पालिकामा रहेका ७ वटा वडाहरुमा भएको आँखा शिविरबाट मोतिया विन्दुको समस्या भएका व्यक्तिको अप्रेसन गर्न सुरु गरिएको हो । ७ वटा वडामा एक हजार जनाले आँखा परीक्षण गराउँदा ७५ जनाको आँखामा  मोतिया विन्दुको समस्या देखिएको थियो । 

पालिकाको त्रिभुवन माविमा आजबाट नि:शुल्क रुपमा आँखाको अप्रेशन गरिने छ । तिलगंगा आँखा प्रतिष्ठानका विरिष्ठ नेत्ररोग विशेषज्ञ रिना बज्रचार्यको टोलीले आखा अप्रेशन गरिरहेका मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले जानकारी दिए । 

तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लव अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा आँखा शिविर कार्यक्रम संञ्चालन गरिएको थियो । ७५ जनाको अप्रेशन गरिएको गाउँपालिकाले जनाएको छ ।