close

नगरपालिकाले घर बनाइदिने 

नगरपालिकाले घर बनाइदिने 

Trulli
ADVERTISEMENT

गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ ।

नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । 

 

स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

घर निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख भूपराज अधिकारीले भने, “घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।” 

 

साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए ।

घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम सुरु गरिएको वडाध्यक्ष ध्रुव्रप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए ।