close

गौमुल र स्वामीकार्तिक खापरमा नागरिक आरोग्य सेवा केन्द्र

गौमुल र स्वामीकार्तिक खापरमा नागरिक आरोग्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

बाजुरा–  बाजुराको गौमुल गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ  । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत जिल्ला आयुर्वेद बाजुराले सञ्चालन गर्ने गरी केन्द्र सञ्चालनमा आएको हो ।


जिल्ला आयुर्वेद केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारी र गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले उक्त केन्द्र उद्घाटन गरेका थिए ।


नागरिक आरोग्य केन्द्रमा रहेका वैद्य र सहयोगी कर्मचारीले सेवा केन्द्रबाट निःशुल्क औषधी वितरण, बिरामी चेकजाँच पूर्वकर्मपञ्च, कर्म सेवा दिने कार्यालय प्रमुख भण्डारीले जानकारी दिइन् ।


‘आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र स्तनपाई आमालाई दुग्धवतन औषधी वितरण गर्नेछ’, भण्डारीले भनिन् । गाउँपालिकाका अध्यक्ष रोकायाले आयुर्वेद केन्द्रले सञ्चालनमा आएपछि स्थानीयलाई सहज स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरे ।


‘दुर्गमका नागरिकलाई आयुर्वेद औषधी वितरण गरे स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य छ ।’ प्रधानमन्त्री केपी ओलीले विभिन्न समय आयुर्वेदिक औषधी प्रयोगलाई जोड दिने घोषणा गरेअनुरुप आरोग्य केन्द्रब सञ्चालन गरिएकाले गाउँपालिकाले यस्तो पहल गरेको उनको भनाइ छ ।


यस्तै गत ३ कात्तिकमा स्वामिकार्तिक खापर गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र विस्तार गरिएको छ ।


गाउँपालिकामा आयुर्वेद उपचारबाट बिरामीको सेवा गर्ने गरी उक्त केन्द्र सञ्चालनमा ल्याइको गाउँपालिका अध्यक्ष चीरन्जीवी शाहीले बताए । उनले भने, ‘नागरिक आरोग्य सेवा केन्द्रले वडाका ज्येष्ठ नागरिक, बालबालिका, अपांग र गरिब, महिला, दलित र पिछडिएको वर्गलगायतले समयमै निःशुल्क सेवा पाउनेछन् ।’


सेवा केन्द्रबाट बिरामी चेकजाँच, ज्येष्ठ नागरिक सेवा, जडीबुटीको औषधी वितरणजस्ता सुविधा उपलब्ध गराइने कार्यालय प्रमुख मुकेश सिंहले बताए । जिल्लाका ९ मध्ये २ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आए पनि अन्य पालिकामा अझै स्थापना गरिएको छैन ।