close

२ पालिकासहित दाङका ६ वटा सरकारी कार्यालय सिल

२ पालिकासहित दाङका ६ वटा सरकारी कार्यालय सिल

Trulli
ADVERTISEMENT

दाङ- कार्यालयका कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि दाङका छवटा सरकारी कार्यालय बन्द भएका छन् ।


जिल्ला प्रशासन, भूमि सुधार तथा मालपोत, नापी, तलुसीपुर उपमहानगर, बबई गाउँपालिकाको वडा- ६ कार्यालय र यातायात व्यवस्था कार्यालय तुलसीपुर बन्द भएका हुन् ।


जिल्ला प्रशासनका एक जना कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएपछि आउँदो ३० असोजसम्म सबै सेवा बन्द भएको छ ।


त्यस्तै, भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखलाई कोरोना संक्रमण भएपछि २० असोजदेखि उक्त कार्यालय बन्द छ । नापीका एक जना अमिनलाई संक्रमण भएपछि उक्त कार्यालय पनि बन्द छ ।


तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेसहित उनका स्वकीय सचिवलाई कोरोना भएपछि २९ असोजसम्म कार्यालय बन्द भएको छ । 


कोरोना सन्त्रासकै कारण दाङ देउखुरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँच वटाभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय भएको श्रेष्तेदार धनसिंह गिरीले बताए ।


राप्ती यातायात व्यवस्था कार्यालय ३० असोजसम्मका लागि बन्द भएको छ । लेखा शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।


कार्यालयमा कार्यरत अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्ने काम भइरहेको छ ।