close

बाजुराका पाँच स्थानीय तहमा महिनावारी व्यवस्थापन परियोजना

बाजुराका पाँच स्थानीय तहमा महिनावारी व्यवस्थापन परियोजना

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराका पाँच स्थानीय तहमा महिनावारी स्वच्छता व्यवस्थापन परियोजना लागू हुने भएको छ । जिल्लाको बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, बूढीगंगा र त्रिवेणी नगरपालिकामा कार्यक्रम चलाइन लागेको हो । 


कोरियन सरकार कोइकाको सहयोगमा जिल्लाका पाँच स्थानीय तहमा सो कार्यक्रम लागू हुने गुड नेभर्स इन्टरनेसनल बाजुरा कार्यक्रम संयोजक देवेन्द्र शाहले जानकारी दिए ।


‘जिल्लाका पाँच स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत ६ देखि १२ सम्मका किशोरीहरूको स्वास्थ्यलाई दृष्टिगत गरी महिनावारी व्यवस्थापन कार्यक्रम गर्दै छौं’, शाहले भने ।

 

जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले कार्यक्रम लागू भएपछि महिनावारीका बेला विद्यालय नआउने किशोरीहरूलाई पुनः पढाइमा फर्काउन सकिने विश्वास व्यक्त गरे ।


कार्यक्रममा छनोट गरिएका स्थानीय तहका विद्यालयहरूमा किशोरी लक्षित स्यानिटरी प्याड व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी चेतना दिइनुका साथै खानेपानी र शौचालयसमेत निर्माण गरिने परियोजना संयोजक शाहले बताए ।


उनले भने, ‘बाजुरामा गुड नेर्भस इन्टरनेसनलको सहयोग तथा पिसवीन बाजुरा एवं किड्याक नेपालसँगको सहकार्य र स्थानीय तहहरूको समन्वयमा परियोजना सञ्चालन गरिनेछ ।’


सन् २०१३ देखि बाजुरामा काम गर्दै आएको गुड नेर्भसले यस वर्षबाट ३ वर्षसम्म थप नयाँ कार्यक्रमसहित उपस्थिति जनाएको होे । कार्यक्रमले बाजुरेलीको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा टेवा पुग्ने गैरसरकारी संस्था महासंघका अध्यक्ष अग्निराज शाहीले बताए ।

 

बाजुरामा सञ्चालन गरिने कार्यक्रमबाट  विद्यालय स्तरका किशोरीलाई अध्ययन अगाडि बढाउन सहयोग पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको धारणा छ ।