close

बर्दघाटको ‘लार्भा खोज र नष्ट गर’ अभियान 

बर्दघाटको ‘लार्भा खोज र नष्ट गर’ अभियान 

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डेंगुविरुद्धको अभियानअन्तर्गत ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सुरु गरेको छ ।


संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगुविरुद्ध सचेतना बढाउन अभियान सुरु गरिएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।  


नगरको स्वास्थ्य शाखाले कोरोना कहरका बीच यो कार्यक्रम लिएर वडा-२ र १२ मा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि वडा-२ मा अभिमुखीकरण कार्यक्रम चलाइएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । 


‘अब वडा-१२ मा कार्यक्रम गर्दै छौं’, उनले भने, ‘अभिमुखीकरणपछि वडामा खाल्डाखुल्डी पुर्ने र लार्भा खोजेर नष्ट गर्ने कार्यक्रम छ ।’ वडा-२ की वडाध्यक्ष दया दर्लामी मगरले वडामा गाउँटोलमा लार्भा नष्ट गर्ने कार्यक्रम सुरु भएको बताइन् ।


गत वर्ष अरु वडामा रहेको यो कार्यक्रम चालू वर्ष वडा-२ र १२ मा मात्र सञ्चालन हुनेछ ।