close

माईमा हाट बजार बन्द, उल्लंघन गरे ऐनबमोजिम कारबाही

माईमा हाट बजार बन्द, उल्लंघन गरे ऐनबमोजिम कारबाही

Trulli
ADVERTISEMENT

इलाम - माई नगरपालिकाले साप्ताहिक हाट बजारसँगै टुक्रे बजार अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द गर्ने भएको छ । कोरोना भाइरस समुदायमा फैलिएपछि हाट बजार बन्द गर्ने निर्णय बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गरेको हो । 


नगरपालिकाको समुदाय स्तरमा २३ जनाको कोरोना पोजिटिभ देखिएपछि हाट बजारका दिन पसलसमेत बन्द गनुपर्ने, राँगा, सुँगुर, खसी, कुखुराको मासुसमेत बिक्री गर्न नपाइने विपद् व्यवस्थान समितिले जारी गरेको सूचनामा उल्लेख छ ।


नगरपालिकाभित्र खेलकुद, मनोरञ्जनलगायतका भीडभाड जम्मा गर्ने गतिविधि पूर्ण रूपमा बन्देज गरिएको छ ।  औषधि उपचारको क्रममा जिल्लाबाहिर रहेका अस्पतालमा जाँदा-आउँदा कोरोना भित्रिने सम्भावना भएकाले उपचार गराएर आएका र बिरामीको कुरुवाका बारेमा र लक्षणसहितको बिरामी देखापरेमा नगरपालिकाको हट लाइन टेलिफोन नम्बर ९८२०७०१७०४९८१५०७१७१२ मा अनिवार्य जानकारी गराउन अनुरोध गरेको छ ।

 

नगर क्षेत्र, अन्य पालिका र जिल्लामा नगरपालिका भएर जाने आउनेले र स्थानीयवासीले अनिवार्य स्वाथ्य सुरक्षाको मापदण्डसहित मास्क, स्यानिटाइजर प्रयोग नगरे संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।