close

लालपुर्जा बिहीन छन् फेदापका १५० परिवार

लालपुर्जा बिहीन छन् फेदापका १५० परिवार

Trulli
ADVERTISEMENT

तेह्रथुम - फेदाप गाउँपालिकाको केन्द्र पोक्लावाङ बजार र ऐतिहासिक देउराली बजारका नागरिकले अहिलेसम्म लालपुर्जा पाउन त के देख्न समेत पाएका छैन ।

 

यी दुई बजारमा धमाधम नयाँ बस्ती निर्माण भइरहेको छ । तर, घर बनाएर बसेकाहरुले समेत लालपुर्जा नपाउँदा उनीहरु समस्यामा अहिले समस्यामा परेका छन् । यस क्षेत्रमा करिब १५० घर निर्माण भएका छन् ।

 

लालपुर्जा विनानै कागजी हिसाबमा घर जग्गा भने खरीद बिक्रि हुँदै आएको छ । जसले गर्दा एका तर्फ सरकारको आयस्रोत गुमी रहेको छ भने अर्कोतर्फ स्थानीयहरु पनि ढुक्कका साथ आफ्नै घरमा बस्न पाएका छैनन् ।  


स्थानीय तहको निर्वाचनसँगै फेदापमा विकासले फड्को मारेको छ । केन्द्रलाई जोडने सडक कालो पत्रेको काम हुँदै छ । बिच बजारमा सडक बत्तिसँगै बजार क्षेत्रमा ढलानको काम पनि हुँदै छ । जसले गर्दा यस क्षेत्रमा घर जग्गाको कारोबार पनि निकै बढेको छ ।


तर, पोक्लाबाङ बजार र देउरालीमा लाखौं रुपैयाँ लागनी गरेर निर्माण गरिएका करिब १५० घर अझै लालपुर्जा विहीन छन् ।


बजारमा निर्माण गरिएका घरहरुको लालपुर्जा नहुँदा मुल्यहीनसँगै धितो कारोबार गर्न नपाउँदा यस क्षेत्रका व्यवसायीहरु समस्यामा रहेका छन् ।

 

लालपुर्जा वितरणका लागि प्रयास नभएका भने होनन् । तर, सम्बन्धीत निकाय र सरोकारवाला पक्षको बेवास्थाका काराण वर्षैदेखिको अवस्था उस्तै छ ।

 

सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजार क्षेत्रबाट प्राप्त हुने लाखौैं रुपैयाँको कर राज्यकोषले गुमाइरहेको छ ।