close

वडा कार्यालय भवन पायक नपरेको भन्दै स्थानीयको धर्ना

वडा कार्यालय भवन पायक नपरेको भन्दै स्थानीयको धर्ना

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं.- ७ को भवन बीच केन्द्रमा हुनुपर्ने मागसहित वडा कार्यालयमा स्थानीयहरूले धर्ना दिएका छन् ।


नेपाल दलित संघ बाजुराका अध्यक्ष भीम नेपालीका अनुसार वडा नं. ७ का स्थानीयहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई ज्ञापनपत्र पनि बुझाएका थिए । वडा नं.– ७ को सामाजिक न्यायका लागि संर्घष समितिले सबैको पायक पर्ने स्थानमा वडा कार्यालयको भवन बनाउनुपर्ने माग गरेको छ । नागरिकहरूको चाहनाविपरीत काम गरेर वडा कार्यालयले एकलौटी निर्णय गरेको भन्दै स्थानीयहरूले धर्ना दिएका हुन् ।


सामाजिक न्यायका लागि संघर्ष समितिद्वारा प्रेस विज्ञप्ति जारी गरी उक्त विषयमा ध्यानाकर्षण गराई ज्ञापनपत्र बुझाइएको हो । वडा नं.- ७ का स्थानीयको चाहनाविपरीत वडा कार्यालय बीच केन्द्रमा नराखेर वडा कार्यलयले एकलौटी निर्णय गरेर पहिलोको अस्थायी ठाउँमा भवन निर्माण गर्न लागेको हुँदा प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाइएको छ । 


प्रशासकीय भवन अर्थात् वडा कार्यलय निर्माणका लागि स्थानीय तह संचालन ऐन, २०७४ बमोजिम सम्बन्धित सम्पूर्ण वडाका बुद्धिजीवी, भद्रभलाद्मी, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाहरूको भेलाबाट आपसी समझदारी र सहमतिवाटै वडा कार्यालयको संरचना निर्माण गर्ने प्रस्ट प्रावधान हुँदाहुँदै पनि बल मिच्याइँपूर्वक वडाका नागरिकको भावनाविपरीत गरिएको र विगतमा पनि वडाका पदाधिकारीहरूको अदूरदर्शी एवं खोटपूर्ण निर्णय देखिएको स्थानीयको आरोप छ ।


‘नेपाल सरकारले निर्धारण गरेको न्यूनतम मापदण्डसमेत नपुग्ने स्थानमा अस्थायी वडा कार्यालय भएको स्थान ओली गाउँमा वडाको स्थायी भवन निर्माणको प्रक्रिया अघि बढाएको र उक्त निर्णयको व्यापक विरोध र असहमतिपछि वडा कार्यालयको निर्णय सच्याउने शर्तमा पछि हटेको स्मरण गराउन चाहन्छौँ’, प्रेस विज्ञप्तिमा भनिएको छ । 


वडा कार्यालयको २० मंसिर २०७७ का दिन खप्तड छेडेदह गाउँपालिका वडा- ७ को आयोजनामा भएको सर्वपक्षीय भेलामा पनि उक्त स्थानका बारे व्यापक विरोध र असहमति भई दानिगाउँ आटीचौर बजारदेखि छेडेदह गुम्ला गाउँको बीच र वडावासीको पायक पर्ने ठाउँमा स्थापना गर्ने सहमति भए पनि बलपूर्वक किर्ते काम गरी पुरानै नियति दोहोर्याउने क्रियाकलाप देखिएको बताइएको छ ।


वडा समितिको यस्तो बद्नियतपूर्ण निर्णयको घोर भत्र्सना गर्दै उक्त निर्णय तत्काल सच्याई आपसी सहमति र समझदारीमा वडा कार्यालय भवन निर्माण अगाडि बढाउन माग गरिएको छ ।