close

जाडो छल्दै जनता आवास

जाडो छल्दै जनता आवास

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ र १३ मा जनता आवास कार्यक्रमअन्तर्गत १२ वटा घर निर्माण थालिएको छ । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र कुमार अधिकारीले घरको शिलान्यास गरे । 

 

वडा नम्बर १२ मा ५ वटा र वडा नम्बर १२ मा ७ वटा घर निर्माण सुरु गरिएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । वडा नम्बर १३ को लेवडामा ४ वटा मुसहर बस्तीमा र ३ वटा हरिजन टोलमा घर निर्माण भइरहेको वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले बताए । 

 

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल, वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ल, वडा नम्बर १३ का वडाध्यक्ष चौधरीलगायत सहभागी थिए ।