close

पालिकाको ब्ल्याङ्केट पाएपछि दंग छन् थलाराका ज्येष्ठ नागरिक

पालिकाको ब्ल्याङ्केट पाएपछि दंग छन् थलाराका ज्येष्ठ नागरिक

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको थलारा गाउँपालिकाले पालिकाभित्र रहेका ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप ब्ल्याङ्केट वितरण अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।


८० वर्षभन्दा माथिका २८० जना ज्येष्ठ नागरिक रहेको थलारा गाउँपालिकामा शनिबार थलारा गाउँपालिका वडा नं.- ७ बाट ब्ल्याङ्केट वितरण कार्यक्रम सुरु गरिएको छ । शनिबार मात्र वडा नं.- ७ का ४० जना जेष्ठ नागरिकहरूलाई ब्ल्याङ्केट वितरण गरिएको छ । 

 

चिसो बढेसँगै जेष्ठ नागरिकलाई राहत तथा सम्मान हुने उद्देश्यले उक्त अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सुरु गरेको हो । 


गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरिने कार्यक्रम पुस मसान्तभित्र सक्ने गाउँपालिकाका नायव सुब्बा नरेश ओलीले जानकारी दिए ।