close

बालमैत्री नगर निर्माणमा जुट्यो रामग्राम 

बालमैत्री नगर निर्माणमा जुट्यो रामग्राम 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेको छ । नगरले १८ वटै वडालाई बालमैत्री बनाउन ३० जना स्वयंसेवक परिचालन गर्दै सूचकांक अध्ययन थालेको हो ।

 

नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि नगरले कार्यक्रम तय गर्दै अगाडि बढेको जानकारी दिए । 


अभियानअन्तर्गत मैत्री समाज नेपाल नवलपरासीसँगको सहकार्यमा बालमैत्री स्वयंसेवक र सामाजिक परिचालकलाई क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरिसकिएको उनले बताए । ‘वडा-वडामा बालमैत्रीको स्थिति बुझ्न र तथ्यांक संकलन गर्ने कार्य तीव्र बनाएका छौँ’, नगरप्रमुख गुप्ताले भने, ‘यसबाट बालमैत्रीका सूचकांक पूरा गर्न मद्दत मिल्नेछ ।’


बालमैत्री नगर बनाउन सरोकारवालाबीच सहकार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी बताउँछन् । 

 

रामग्राममा बालमैत्री स्थानीय शासन घोषणा गर्न स्वयंसेवक र सामाजिक परिचालकलाई टोलटोल र वडा-वडामा रहेका बाल क्लबहरूलाई बालमैत्रीसम्बन्धी सचेतना जगाउने, नियमित बैठक गराउने, बालमैत्री समाज र वातावरण निर्माण गर्न भूमिका खेल्ने उद्देश्यले स्वयंसेवक तथा परिचालक परिचालन गरिएको बालमैत्री सहजकर्ता शर्मिला पौडेलले जानकारी दिइन् ।

 

बालमैत्री स्थानीय शासनको क्षेत्रमा उष्कृट कार्य सम्पादन गरेबापत सामाजिक परिचालक पम्मी गुप्तालाई सम्मान गरिएको कार्यपालिका सदस्य रोशनकुमार साहले बताए ।