close

अपांगमैत्री भौतिक संरचना निर्माणमा खप्तडछान्ना

अपांगमैत्री भौतिक संरचना निर्माणमा खप्तडछान्ना

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकाले अपांगतामैत्री वातावरण निर्माण सोहीअनुसारका भौतिक संरचना निर्माण गर्ने भएको छ । गाउँपालिकाले अब बन्ने भौतिक संरचना अपांगता र बालमैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।


गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायासहितका जनप्रतिनिधिले पालिकाबाट विनियोजित रकमले सबै भौतिक संरचना अपांगमैत्री र बालमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन् ।

 

प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित अपांगतामैत्री वातावरण निर्माणसम्बन्धी सरोकारवाला निकायसँगको अन्तर्क्रियामा गाउँपालिका अध्यक्ष रोकाया तथा सरोकारवाला निकायले वडा कार्यालयका भवन, विद्यालय तथा मठमन्दिरका साथै पाटीपौवा र सडक तथा बाटोघाटो, पानीका धारासमेत अपांगतामैत्री तथा बालमैत्री बनाइने घोषणा गरे ।

 

‘अब बाँकी कार्यकालमा बनेका सबै भौतिक संरचना अपांगमैत्री हुनेछन्’, अध्यक्ष रोकायाले भने, ‘गाउँपालिकाका हरेक क्रियाकलाप समावेशी, महिला, दलित पिछडिएका वर्गलाई ध्यानमा राखेर सुरु गरिनेछ ।’

 
कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले समाजबाट अपहेलित हुनु परेको गुनासो गरे । अपांगता भएका करुण रोकायाले केही वर्षअघि विद्यालय जाँदा कक्षा-कोठामा लेख्न नसक्ने हुँदा पढाइमा बाधा पुगेको बताए ।