close

संस्कृति संरक्षणका लागि पञ्चेबाजा र हुडकेउली

संस्कृति संरक्षणका लागि पञ्चेबाजा र हुडकेउली

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिकाको संस्कृति संरक्षणका लागि दमाईं जातिलाई पोसाक र पञ्चेबाजाका सामग्री वितरण गरेको छ । बुधबार गाउँपालिकाका ५ वटै वडाका वडा अध्यक्षलाई मोटरसाइकल वितरण गरेको गाउँपालिकाले आज दमाईं जातिका अगुवालाई पञ्चेबाजाका सामग्री र हुडकेउली पोसाक वितरण गरेको छ । 


पछिल्लो समय नयाँ प्रविधिको विकास भएसँगै लोपोन्मुख अवस्थामा पुगेका लोकबाजा र पोसाकको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले दमाईं जातिलाई पोसाक र पञ्चेबाजाका सामग्री वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए । 


पञ्चेबाजाका सामग्रीअन्तर्गत सहनाइँ एकवटा, तुरई ५ वटा, नरसिंहा ३ वटा र ५३ जोर दौरा-सुरुवाल हस्तान्तरण गरिएको उनले बताए । 
 
नरसिंहा र सहनाइँ दमाईं जातिलाई प्रदान गरिएको छ भने अन्य सामग्री हुड्केउली जातिलाई प्रदान गरीएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आर्थिक अवस्था कमजोर भएका कारण दमाईं जातिको पेसा नै संकटमा परेको बताए । 


दमाईं जातिले साामान्य पोसाक पनि किन्न नसकेका कारण पोसा नै संकटमा परेको बताउँदै उनले गाउँपालिकाभित्रका दमाईं जातिका प्रत्येक घर धुरीलाई उक्त सामग्री वितरण गरेको जानकारी दिए । 

 

गाउँपालिकाको धार्मिक, संस्कार, संस्कृति तथा वेशभूषालार्ई जोगेर्ना गर्नका लागि आफू लागिरहेको पनि अध्यक्ष शाहीको भनाइ छ । उनले विपन्न समुदायको जीवन स्तर माथि उठाउनका लागि यस्ता थुप्रै कार्यक्रम ल्याउने बताए ।