close

वन कार्यालय छेउकै वनमा डढेलो 

वन कार्यालय छेउकै वनमा डढेलो 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- नेपालभर नै डढेलोका कारण वनजंगल सखाप भइरहेका बेला कपिलवस्तु पनि यसबाट बच्न सकेको छैन । गर्मीयाम सुरु भएसँगै वनजंगलमा डढेलो लाग्ने समय सुरु हुन्छ । तराई-मधेस र पहाडी भेगका वनजंगल डढेलोको चपेटामा पर्ने गरेका छन् । पहाडी भेगमा लागेको डढेलो नियन्त्रण गर्न गाह्रो भए पनी तराईमा भने केही सहज हुने गरेको छ ।

 

गर्मी सिजन सुरु भएसँगै कपिलवस्तुका वन क्षेत्रमा पनी डढेलो लाग्ने क्रम सुरु भएको छ । यहाँ साझेदारी वनको अग्नि नियन्त्रक दल, दमकल, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले वन क्षेत्रमा लागेको आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

 

कपिलवस्तुमा ढडेलो नियन्त्रणका लागि सामुदायिक वन, साझेदारी वन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्दै आएका छन् । यतिबेला कपिलवस्तुका वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ । तीमध्ये धेरै स्थानमा समयमै पुगेर डढेलो नियन्त्रण गर्न सफल भएका उदाहरणसमेत छन् ।

 

बुद्धभूमि वडा नम्बर ९ चम्पापुरमा रहेको वीरपुर सबडिभिजन कार्यालय भने आफू छेउकै वन क्षेत्रमा आगो लाग्दा मुकदर्शक बनेको छ । वन क्षेत्रमा डढेलो लागेको सूचना पाए पनि समयमा आगो निभाउन नखोज्दा चम्पापुरमा रहेको राजमार्गको दुवै क्षेत्रका वन डढेलोको चपेटामा परेका छन् । 

 

डढेलोका कारण बोटबिरुवा र वन्यजन्य वस्तुसमेत नष्ट भएका छ । 


वन क्षेत्रमा नयाँ घाँस पलाउने, च्याउ उम्रने, मौवा टिप्न जानेले आगो लगाउने गछन् । हरेक वर्ष वन क्षेत्रमा आगलागीको चपेटामा पर्दै आएको छ । आगलागीको क्षति न्यून गर्न अग्निरेखासमेत निर्माण गरिँदै आएको छ ।

 

कपिलवस्तुको गौतम बुद्ध डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेश थारुले जनशक्तिी न्यून भएकाले आगलागी समयमा नियन्त्रण गर्न असहज भएको बताउँछन् ।