close

कपिलवस्तुमा अपराध नियन्त्रण पाठ्यसामग्री

प्रहरीसँग सहकार्य गर्दै स्थानीय सरकार 

कपिलवस्तुमा अपराध नियन्त्रण पाठ्यसामग्री

प्रहरीसँग सहकार्य गर्दै स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- अपराध न्यूनीकरणका लागि कपिलवस्तुका स्थानीय सरकार र प्रहरीबीच सहकार्य भएको छ । कपिलवस्तुका १० मध्ये ८ पालिकामा प्रहरी र पालिकाबीच सहकार्य गरी पाठ्यसामग्री लागू भएको छ । 

 

बालबालिकालाई अपराधबाट जोगाउन सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्यसामग्री (पुस्तक) निर्माण गरी स्थानीय सरकारको सहयोगमा विद्यालयमा वितरण गरेको छ । 

 

हालसम्म कपिलवस्तुका कपिलवस्तु, बुद्धभूमि, वाणगंगा, महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोधन, मायादेवी र विजयनगर गाउँपालिकामा पाठ्यपुस्तक लागू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

 

विद्यालय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत तयार गरिएको पुस्तकमा ११ शीर्षक राखिएको छ । लागूऔषध दुव्र्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुव्र्यवहार समावेश गरिएको छ । 

 

प्रहरीले उपलब्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणका लागि भूमिका खेल्न सक्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए ।


मंगलबार कपिलवस्तुको बुद्धभूमिमा प्रधानाध्यापकलाई आमन्त्रण गरी अन्तक्र्रियासमेत गरिएको थियो । पाठ्यसामग्रीका कारण समाजमा हुने अपराधजन्य क्रियाकलाप गर्न निरुत्साहित गर्ने र प्रहरी, विद्यार्थी एवं समाजको दूरीसमेत कम हुने नगरप्रमुख श्रेष्ठले बताए । 


पुस्तक छपाइका लागि मधेस मानव अधिकारगृह माहुरी होमले सहज परियोजनामार्फत आर्थिक सहयोग गरेको थियो । जिल्लाभरि लागु गर्ने योजनाका साथ हजार बढी पुस्तक प्रकाशन गरी सबै विद्यालयमा पुर्‍याउने योजना रहेको माहुरी होमका अध्यक्ष रवीन्द्रनाथ ठाकुरले जानकारी दिए ।

 

पुस्तक प्राप्त गरेपछि नियमित रूपमा बालबालिकालाई सिकाउँदै जाने गौतमबुद्ध माविका प्रधानाध्यापक शिशिर अर्यालले प्रतिबद्धता जनाए ।