close

मार्तडी बजारमा खानेपानीको हाहाकार

मार्तडी बजारमा खानेपानीको हाहाकार

Trulli
ADVERTISEMENT

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । मार्तडीमा ३ दिनयता खानेपानीको हाहाकार भएको हो । खानेपानीको हाखानेपानी भएपछि सदरमुकामबासीले बाउलीको किमु खोलाबाट ल्याएर काम चलाउन थालेका छन् ।


खानेपानीका लागि बाउलीको किमुखोला, नयाँ बसपार्क नजिकै, गडखेत चाकाबाडा, खोला घर र कोर्दीलगायत स्थानबाट आधा घन्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोती उखेडाले बताए ।


अविरल वर्षासँगै आएको बाढीपहिरोले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि मार्तडी बजारमा खानेपानीको आपूर्ति हुन सकेको छैन । नगर खानेपानीले आवश्यकताभन्दा कम पानी आपूर्ति गर्दै आएकाले बजारमा खानेपानीको हाहाकार भएको हो ।
 
मार्तडी बजार क्षेत्रभित्रको खानेपानीको पाइपमा बाढीपहिरोले ठाउँ-ठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र नगर खानेपानी तथा उपभोक्ता संस्थाका कर्मचारी खटिए पनि हालसम्म आपूर्ति हुन सकेको छैन ।


झाल्या खोला मुहानबाट ल्याइएको पानीका पाइपमा विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको मार्तडीका स्थानीय जीत चदाराले जानकारी दिए ।