close

धान दिवसमा रोपाइँसँगै हिलो छ्यापाछ्याप

धान दिवसमा रोपाइँसँगै हिलो छ्यापाछ्याप

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको कुँडुलेमा १५ असारमा धान दिवस मनाइएको छ । सिम्रिक कृषि सहकारी संस्थाको व्यवस्थापन र कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा दिवस मनाइएको हो । 

 

दिवस अवसरमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेस्थित खेतमा रोपाइँ गरिएको रोपाइँमा स्थानीयको बाक्लो सहभागिता थिए । उनीहरूले गीत गाउने, नाच्ने, हिलो खेल्ने र धान रोप्ने काम गरे । 


कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाले कृषिप्रधान देश भएकाले १५ असारलाई मानो खाएर मुरी फलाउने दिनको रूपमा वर्षांैदेखि मनाइँदै आइएको बताए । 


किसानलाई मल र बिउ समय उपलब्ध गराउने, प्रविधिको उचित व्यवस्थापन गर्ने र अधिकतम उत्पादनमा लगाउनुपर्ने उनले सुझाए । 


कार्यक्रममा वडाध्यक्ष ध्रुवबहादुर केसीले मानिस जन्मेदेखि मृत्युपर्यन्त धान चामल आवश्यकता पर्ने भएकाले धान दिवसको महत्त्व बढी भएको उनले बताए ।

 

कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराई र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणि उपाध्यायले कृषि पेसालाई व्यावसायिक बनाउने र राज्यले किसानको समस्या समाधानमा भूमिका खेल्नुपर्ने धारणा राखे ।


१५ असारलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने उनीहरूको भनाइ थियो ।  हरेक वर्ष १५ असारलाई धान दिवसको रूपमा मनाइने गरिन्छ ।


रोपाइँ कार्यक्रममा स्थानीय युवाले हिलोमा दौड प्रतियोगितासमेत सञ्चालन गरे । धान दिवसकै अवसरमा ज्ञान केन्द्रले रोपाइँमा खटिएका र निमन्त्रणमा पुगेका सबैलाई दही चिउरा खाने व्यवस्था गरेको थियो ।