close

बाढीले ९९ परिवार विस्थापित, रुखको छहारीमा सिस्नो खाएर कट्दै छ दिन 

बाढीले ९९ परिवार विस्थापित, रुखको छहारीमा सिस्नो खाएर कट्दै छ दिन 

Trulli
ADVERTISEMENT

बाजुरा- निरन्तरको वर्षका कारण बाजुराको हिमाली गाउँपालिका वडा नं ५ का करीब ९९ घर परिवार विस्थापित भएका छन् । बस्ती आसपासमा पहिरो जान थालेपछि वडा नं ५ क्युडिका ९९ घर परिवार विस्थापित भएका हुन् । पहिरोको जोखिम वढेपछि स्थानयिलाई अन्यत्रै सारिएको गाउँपालिकाले जनाएको छ ।  विस्थापितहरु गाउँ भन्दा एक घण्टाको पैदल दुरीमा पर्ने जर्गाउको जंगलमा पाल टाँगेर वसिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।


पहिरोका कारण गाउँ नै जोखिममा परेपछि वसाई सर्नुवाहेक अन्य कुनै विकल्प नभएको विस्थापित ज्ञानी बुढाले जानकारी दिए । ‘ पहिराले मेरो घर वगायो, वालवच्चा भोकभोकै रुन कराउन थालेपछि थातथलो छोडेर हिँडे,’ वुढाले पालिकाखबरसँग भने । उनका अनुसार गाउाभन्दा माथिवाट झरेको पहिहरोले अन्य ८९ परिवारपनि विस्थापित भएका छन् । पहिरोले घर वगाउएपछि लगाउने कपडासमेत अभाव भएको उनको गुनासो छ ।  

 
खुल्ला ठाउँमा च्यातिएको पालमा बस्नुपर्दा विरामी पर्न सक्ने चिन्ता धेरेमा छ । त्रिपाल मुनिको बसाईंमा दुधे बालबालिका सर्प लगायतका जीवजन्तुको जोखिममा छन् ।  उनीहरु खानेकुरा नपाएपछि सिस्नु र कन्दमुल खाएर दिन बिताइरहेका छन् । अधिकांशसँग त्रिपालसमेत छैन । उनीहरु स्याउलाको छाप्रोहालेर र रुपखुमनी वसेर दिन विताइरहेको वुढाको भनाइ छ । 

 

स्थापित स्थानिय बसेको ठाउँमा खानेपानीको समेत समस्या छ ।  एक घण्टाके दुरीवाट पानी वोकेर प्यास मेटाइरहेका विस्थापित परिवार राहतको पर्खाइमा रहेको  स्थानीय मनसरी रोकायाले बताइन् । हिमाली गाउँपालिकाले विस्थापित परिवारलाई तत्कालका लागि एक कट्टा चामल र केही थान त्रिपाल वितरण गरे पनि पर्याप्त नभएको  विस्थापितले बताएका छन् । उनीहरुले बस्ती स्थानान्तरणमा चासो नदेखाएको सरकारले विपद्मा समेत वास्ता नगरको गुनासो गरेका छन् । 


न त वस्ति स्थान्तरण भयो, नत केहि राहात पायाैँ, स्थानिय अम्मलाल वुढाले बताए । राति चिसो हुन्छ, चिसो र भोकले वर्षाले सडक तथा गोरेटा वाटाहरु अवरुद्ध हुँदा खाद्यन्न ल्याउन कोल्टी आउन समस्या भएको स्थानीयले बताएका छन । यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले विस्थापित स्थानीयको अवस्था दयनिय भएको बताउदै वस्ती स्थान्तरण गर्नुपर्ने बताए ।

 

अहिले तत्कालका लागि ३० केजी चामल र एक एक त्रिपाल वितरण गर्ने योजना वनाएको उनले बताए । खानेपानीको सुविधाका लागि विपद व्यस्थापन कोषबाट १ लाख ५० हजार रुपैयाँ व्यवस्थापन गरिएकाे उनको भनाइ छ ।