close

मास्क कार्यक्रम चलाउँदै मध्यपुर थिमि

मास्क कार्यक्रम चलाउँदै मध्यपुर थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नेपाल मास्क कार्यक्रम सुरु गरेको छ । पालिकाले ‘मास्क लगाऔँ, एकअर्कोलाई बचाऔँ’ नारासहित कार्यक्रम सुरु गरेको हो । पालिकाले कोभिड–१९ र्‍यापिड एक्सन टास्कफोर्सको सहकार्यमा मास्क वितरण कार्यक्रम सुरु गरेको हो । त्यसका लागि  आवश्यक सहयोग पालिकाले गर्नेछ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार कोरोना नियन्त्रणमा भ्याक्सिन प्रभावकारी भए पनि सबैमा पहुँच नभएकाले मास्क उपयुक्त रहेको छ । कोरोना महामारी नियन्त्रणमा मास्क प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । 

 

पछिल्लो समय वडा नम्बर ४ मा कोरोना संक्रमितका बिरामी ह्वात्तै बढेकाले सो क्षेत्रबाट मास्क वितरण कार्यक्रम सुरु गर्न लागिएको हो । ‘कार्यक्रमका लागि १५ जना टास्कफोर्सका सहजकर्ता र १५ स्थानीय सहजकर्ता खटाइनेछ’, नगरप्रमुख श्रेष्ठले भने । 

 

उपप्रमुख अन्जनादेवी मधिकर्मीले स्थानीले मास्क नलाउँदा कोरोना संक्रमण बढ्न सहयोग पुगेको बताइन् । प्रहरीको सहयोगमा केहीलाई जरिमाना गरिएपछि त्यसले केही मात्र प्रभावकारिता देखाएकाले मास्क कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् । 

 

नगरभित्रका ९ वटै वडाका स्थानीयको घरमा गई मास्क वितरण गरिनेछ । स्थानीलाई मास्क लगाउने विधि सिकाइनेछ । ३ जना परिवार सदस्य रहेको घरमा २५ वटा र सोभन्दा बढी रहेको परिवारमा ५० वटा मास्क निःशुल्क वितरण गरिनेछ ।

 

कार्यक्रमले मास्क लगाउने बानीको विकास हुने विश्वास टास्कफोर्सको छ । टाक्सफोर्सका कोर मेम्बर भावना शर्माले विभिन्न देशमा मास्क वितरण कार्यक्रमले मास्क लगाउने बानीको विकास भएको र नेपालमा पनि प्रभावकारिता हुने अपेक्षा रहेको बताइन्