close

गर्भवती र सुत्केरीका पोषण झोलामा भेटिए किरा ! 

गर्भवती र सुत्केरीका पोषण झोलामा भेटिए किरा ! 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई वितरण गरिएको पोषणयुक्त सामग्रीमा किरा फेला परेको भेटिएको छ ।
नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत वडा नम्बर ८ मा वितरण गरेको चनामा किरा भेटिएको हो । 


गर्भवती तथा सुत्केरी महिलाका लागि बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत  यसअघि नगरका सबै वडामा वितरण गरिएको पोषण झोलाअन्तर्गत बाँकी वडा नम्बर ८ शुक्रबार र १२ मा बिहीबार वितरण गरिएको नगर उपप्रमुख भीमकुमारी राउतले बताइन् । 


१२ नम्बर वडामा वितरित चनाका विषयमा जानकारी नआए पनि वडा नम्बर ८ मा वितरित चनामा किरा भेटिएको फेला परेपछि उपप्रमुख राउतले शनिबार विज्ञप्ति प्रकाशित गरी प्रयोग नगर्न आग्रह गरेकी छन् । 


वडा नम्बर ८ मा ७१ जना सुत्केरी, गर्भवतीलाई वितरण गरिएको पोषण सामग्रीमध्ये चनामा किरा भेटिएको हो । नगरपालिकाले गएको आर्थिक वर्ष ०७७÷७८ मै प्याक गरिएको पोषण झोलाको चनामा किरा परेको जानकारी आएकाले लाभग्राहीलाई प्रयोग नगर्न आग्रह गरेको छ । वर्षाका कारण वितरणमा ढिलाइ भएकाले चनामा किरा परेको हुन सक्ने विज्ञप्तिमा भनिएको छ ।