close

फुङ्लिङमा थुप्रियो फोहोर

फुङ्लिङमा थुप्रियो फोहोर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– फोहोरमैला व्यवस्थापन स्थलसम्म जाने बाटो मर्मत गर्न फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रको फोहोरमैला संकलन अनिश्चितकालका लागि स्थगित गरेपछि नगरभरि फोहोर थुप्रिन थालेको छ ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङका अनुसार फोहोरमैला व्यवस्थापन स्थलसम्म जाने मोटर बाटो मर्मत गर्न केही दिन लाग्ने भएकाले फोहोरमैला संकलन स्थगित गरिएको हो ।

 

पालिकाले बजार क्षेत्रको फोहोरमैला नगरपालिकाको वडा नम्बर ३ स्थित भीरकुनामा लगेर व्यवस्थापन गर्दै आएको छ । वर्षाका कारण फोहोरमैला व्यवस्थापन केन्द्रमा जाने बाटोमा पहिरो गई उक्त क्षेत्रमा निर्माण कार्य भइरहेको र मर्मत पूरा हुन अझै केही दिन लाग्ने बताउँदै नगरपालिकाले सो अवधिसम्मका लागि फोहोरमैला संकलन स्थगित गरेको हो ।

 

नगरपालिकाले साप्ताहिक रूपमा फुङ्लिङ बजार क्षेत्रको फोहोरमैला संकलन गर्दै आएको छ । बजार क्षेत्रलाई विभिन्न क्लस्टरमा बाँडेर साप्ताहिक रूपमा फोहोरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको नगरपालिकाले बताएको छ ।