close

कोभिड प्रभावित विपन्न परिवारलाई राहत 

कोभिड प्रभावित विपन्न परिवारलाई राहत 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।  वडापालिकाको सिफारिसमा कारितास जर्मनी, कारितास नेपाल, पेस नेपाल जुम्लाको सहयोग र चन्दननाथ नगरपालिकाको समन्वयमा नेपालमा कोरोना भाइरस प्रतिकार्य परियोजनाअन्तर्गत कोभिड प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो । 

 

चामल ३० केजी, दाल साढे २ केजी, तेल २ लिटर, चिनी १ केजी, नुन १ केजी प्रतिविपन्न घरपरिवारलाई वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हरिचन्द्र शर्माले बताए । उनले भने, ‘नगरको ४, ५ र १ नम्बर वडाका ३० घरपरिवारलाई राहत वितरण गरेका छौँ । कोभिड प्रभावित घरपरिवारमा सहयोग होस् भन्ने उद्देश्यले राहत उपलब्ध गराइएको हो ।’  उत्पादनशील जमिन नभएका, काम गरी खान नसक्ने विपन्न घरपरिवारलाई राहतस्वरूप दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको हो ।

 

कोभिड महामारीले प्रभावित घरपरिवारलाई अहिले सरकारी तथा गैसरकारी तवरबाट सहयोग हुँदै आएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । उनले भनिन्, ‘कोरोना संक्रमणले लामो समयसम्म नेपालमा बन्दाबन्दी हुँदा काम गरी खाने विपन्न वर्ग निकै मारमा परेका बेला सहयोगी दाताले हातमुख जोड्न सहयोग गरेर ठूलो गुन लगाए ।’