close

संस्कृति संरक्षणमा जुट्यो भक्तपुर

संस्कृति संरक्षणमा जुट्यो भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुर नगरपालिकाले नगरभित्रको बाजागाजा र संस्कृति संरक्षण गर्न सांस्कृतिक प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले बिहीबार स्थानीय सांस्कृतिक गुरुको भेला गराई सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन सांस्कृतिक प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । 

 

नगरप्रमुख सुनील प्रजापतिका अनुसार स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ मा बाँसुरी बाजा, २०७५ मा धाँबाजा र २०७६ मा धिमाय बाजा प्रतियोगिता गरेको थियो भने २०७७ मा कोभिडका कारण प्रतियोगिता हुन सकेन । 


    
उनले यस वर्ष भक्तपुरले सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने उद्देश्यअनुरूप सांस्कृतिक गुरुको राय–सुझावलाई प्राथमिकतामा राखी भेला आयोजना गरेको हो । पर्यटकबाट उठाएको शुल्कबाट नगरपालिकाले यहाँका सांस्कृतिक एवं ऐतिहासिक सम्पदा जीर्णोद्धार र पुनर्निर्माण गर्दै आएको उनले जानकारी दिए ।

 

प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले नगरबासीको साथ र सहयोग पाएर नगरपालिकाले हरेक गतिविधिलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेको बताए ।