close

मौलिक परम्परा नासिन नदिन सुरु गरियो लाम्रा संवाद गाउँ–गाउँका कुडा

मौलिक परम्परा नासिन नदिन सुरु गरियो लाम्रा संवाद गाउँ–गाउँका कुडा

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, लाम्रा गाउँ । लोपोन्मुख यहाँको फरक–फरक रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवाद : गाउँ–गाउँका कुडा कार्यक्रम सञ्चालन गर्न थालिएको हो । 

 

तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा गाउँका अगुवा नागरिकले लाम्रा संवाद : गाउँ–गाउँका कुडा कार्यक्रम १६, १७ र १८ कात्तिकसम्म लाम्रा गाउँमा सञ्चालन हुने संयोजक नन्दप्रसाद चौलागाईँले बताए । 


उनले भने, ‘यो इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ भएकाले भौगोलिक, सामाजिक र राजनीतिक रूपमा सदियौँसम्म अलग्गिए पनि यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रक्रिया विकसित भएको पाइन्छ ।’ यहाँ एक कोश हिँड्दा भाषिका र चार कोश हिँड्दा फरक रीतिरिवाज भेटिन्छ । यी सबैको प्रवद्र्धनका लागि लाम्रा संवाद निरन्तर हुन जरुरी रहेको उनले बताए ।

 

इतिहास गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएकाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि लाम्रा संवाद जरुरी रहेको पहिलो संस्करणका संयोजक धनप्रसाद चौलागाईँले बताए ।


‘हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन । पुराना र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न सकिन्छ,’ उनले भने, ‘यसको पहल स्थानीय तवरबाटै गर्न सके अझ प्रभावकारी हुने देखिएपछि लाम्रा संवाद गर्न थालिएको हो ।’


कार्यक्रममा विचारको छलफल, बहस तथा मन्थन गरिने, विद्वत् प्रवचनअन्तर्गत तातोपानीको गौरव, विकास र भविष्यको कुरा उजागर गरिनेछ । 
यस्तै, संरक्षण तथा प्रवद्र्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्परा, आदिको चर्चा गरिनेछ ।

हाम्मा नेता हाम्मो नीति
जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरू एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउनेछन् । सभ्यताको साइनो, आखरको अलंकारअन्तर्गत भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा चलाइनेछ ।


सुइना बिजुलीको

झरोबाट झलमल्ल गाउँ कसरी ? उज्यालो भविष्यसँग जोडिएको विद्यतीकरणबारे सरोकारवालाबीच छलफल र मन्थन गरिनेछ । स्वास्थ्य र महामारी शीर्षकमा कोरोन कैठ र कथाहरू समावेश गरेर स्वास्थ्य, महामारी नियन्त्रणको पहल, भविष्यको तयारीबारे छलफल गरिनेछ ।

 

भुसको आगो
सामाजिक विकृति र समस्या चिरफार र समाधानका उपाय पहिल्याइनेछ । सांस्कृतिक सम्वद्र्धनका लागि मनोरन्जनात्मक कार्यक्रम चलाइनेछ ।

 

दमाहाको रन्को

विभिन्न अवसरमा बजाइने बाजाको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा गरिनेछ । मागलको गुन्जनमार्फत विभिन्न अवसरमा गाइने मागलको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा गरिनेछ । नाचको छमछममार्फत विभिन्न प्रकारका नाचको प्रस्तुति, त्यसको वर्णन र चर्चा चलाइनेछ ।
क) चरण खेल
ख) धारु नाच
ग) बालो नचाउने खेल
घ) ढाल नाच

स्वरको संगम 
विभिन्न गीत र भाकाको प्रस्तुति हुनेछ । देउडा खेलको प्रस्तुति र छलफल कार्यक्रम १६ कात्तिकमा सञ्चालन गरिने आयोजकले बताएका छन् । उद्घाटन सत्रमा विद्वत प्रवचन, दमाहाको रन्को सभ्यताको साइनो, आखरको अलंकार, कोरोनासँग लडाइँको कथा, नाचको छमछम, १७ कात्तिकमा मागलको गन्जन सइना बिजुलीका कार्यक्रम समावेश गरिएको छ । तेस्रो दिन १८ कात्तिकमा स्वरको संगम हाम्मा नेता हाम्मो नीति, देउडाको घन्को सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।