close

अँचापोखरीमा परिसरमा आदर निकेतन शिलान्यास

अँचापोखरीमा परिसरमा आदर निकेतन शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले वडा नम्बर ६ अँचापोखरी परिसरमा आदर निकेतन भवन निर्माण गर्ने भएको छ । समाजका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराउन नगरपालिकाले अँचापोखरी परिसरको उत्तर–पश्चिम क्षेत्रमा आदर निकेतन बनाउन लागेको हो । 

 

नगरप्रमुख सुनील प्रजापतिले आदर निकेतन भवनको शिलान्यास गरे । नगरपालिकाले चुनावी घोषणापत्रमै ज्येष्ठ तथा समाजका आदरणीय व्यक्तिको सुविधाका लागि आदर निकेतन खोलिने उल्लेख गरिएकाले सोहीअनुसार निर्माण अगाडि बढाइएको उनले जानकारी दिए । 


ज्येष्ठ नागरिकको हेरविचार, पालनपोषणका निम्ति नगरपालिकाले गरिब जनताको पहुँचमा पुग्न सक्ने गरी आदर निकेतन सञ्चालन गर्न लागेको उनको भनाइ छ ।
नगरप्रमुख प्रजापतिले नगरबासीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताए ।


उपप्रमुख रजनी जोशीले शिक्षित युवा पुस्ताले नै समाजलाई सभ्य बनाउने भएकाले पालिकाले सात वटा शैक्षिक संस्था सञ्चालन गरी देशका लागि आवश्यक जनशक्ति उत्पादनमा योगदान पुर्‍याइरहेको जानकारी दिइन् ।


    
कार्यक्रममा आदर निकेतन भवन निर्माण उपभोक्ता समिति अध्यक्ष जगन्नाथ सुजखूले उपभोक्ता समितिमार्फत बन्न लागेको भवनका लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको बताए ।