close

उभौली पर्व अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण

उभौली पर्व अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण

Trulli
ADVERTISEMENT

उदयपुर– उभौली पर्व अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्बर हाङको ढुंगे शालिक अनावरण गरिएको हो ।

 

करिब ५ फिटको शालिक साकेला पर्व उभौली अवसरमा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले अनावरण गरे । शालिक अनावरण गर्दै राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आ–आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बताए । 

 

नेपालको पहिचान भनेकै आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति भएकाले यसलाई सबैले संरक्षण गर्नुपर्नेमा नगरप्रमुख राईले जोड दिए । शालिक स्व. कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राईलगायत परिवारका सदस्यले ४ लाख २५ हजार रुपैयाँको लगानीमा तयार गरिएको हो ।

 

एउटै ढुंगालाई कपेर मूर्तिकार धीराज राईले शालिक निर्माण गरेका हुन् । यलम्बर हाङको मूर्ति अनावरणपछि उपस्थित किराँतले साकेलासिलि नृत्यमा उत्सव मनाएका थिए । कार्यक्रम किराँत राई यायोख्याका नगर कमिटी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको थियो । उभौली पर्व १५ दिनसम्म मनाइने गरिन्छ ।