close

पालिका खबरमा समाचार प्रकाशित भएपछि ओडारमा बस्ने कुलालले पाए राहत 

पालिका खबरमा समाचार प्रकाशित भएपछि ओडारमा बस्ने कुलालले पाए राहत 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको तापक्रम माइनस ६ डिग्रीको चिसोमा सहाराविहीन भएर ओडारमै बसेका चेते कुलालले राहत पाएका छन् । पालिका खबरमा समाचार प्रकाशित भएपछि १५ वर्षदेखि ओडारमै बस्दै आएका कुलाललाई न्याना कपडा, आवश्यक खाद्यान्न उपलब्ध गराइएको हो ।


चन्दनननाथ नगरपालिका वडा नम्बर १ स्थित कुलालवाडाका ५६ वर्षीय कुलालले कोरोनापीडित विपन्नलाई प्रदान गरिने राहत कार्यक्रममार्फत आईएनएफ नेपाल जुम्लाले शुक्रबार आश्यक खाद्यान्न र कम्बल उपलब्ध गराएको हो ।


आईएनएफ नेपालले ओडारमै पुगेर १० हजार रुपैयाँ बराबरको राहत उपलब्ध गराएको कोभिड राहत वितरण कार्यक्रमका संयोजक फालुरा चौधरीले बताए । उनले भने, ‘कुलाललाई चामल, दाल, चिनी तेललगायत खाद्यान्न वितरण गरेका हौँ ।’


निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागार्इंले कुलालको नागरिकता तत्काल बनाइदिने घोषणा गरे । उनले भने, ‘स्थानीय वडा सरकारको सिफारिसमा कुलाललाई नागरिकता दिइनेछ । उनलाई दीर्घकालीन आवासका लागि पहल गर्छौं ।’


चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जयबहादुर रावलले कुलालको दिगो व्यवस्थापनका लागि वडा सरकार तयार भएको बताए । नागरिकता नभएका कारण व्यवस्थापनमा समस्या आए पनि कुलालको नागरिकता बनाउने पहल गरिने उनको भनाइ छ ।