close

माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा नगरपालिकाले लियो फिर्ता

माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा नगरपालिकाले लियो फिर्ता

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको त्रिवेणी त्रिवेणी नगरपालिका वडा नम्बर ७ र ९ का वडाध्यक्षविरुद्ध दिएको उजुरी नगरपालिकाले फिर्ता लिएको छ । आगामी दिनमा कमजोरी हुन नदिने र पालिकाको काम–कारबाही पारदर्शी गर्ने सहमति भएपछि उजुरी फिर्ता गरिएको हो ।

 

दुवै पक्षले आफ्नो कमजोरी नदोहो-याउने र आगामी दिनमा सहकार्य गरेरै अघि बढ्ने सहमतिका आधारमा मुद्दा फिर्ता लिइएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताए ।

 

नगरपालिकामा निर्णय पुस्तिका च्यातेको एवं जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोपसहित वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

पक्राउ परेका अध्यक्षद्वयलाई प्रहरीले हिरासदमा राखेको थियो । उजुरी प्रक्रिया अघि नबढाउने सहमतिसहित दुवै पक्षबाट मिलेमतो गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

 

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमाथि अभद्र व्यवहार र निर्णय पुस्तिका च्यातेको आरोपसहित उजुरी परेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।