close

असल बुहारीलाई गाउँपालिकाको सम्मान

असल बुहारीलाई गाउँपालिकाको सम्मान

Trulli
ADVERTISEMENT

तनहुँ– वृद्ध अवस्थामा पुगेका सासू र ससुरालाई राम्रोसँग हेरचाह गरेको मूल्याङ्कन गर्दै तनहुँको एक गाउँपालिकाले तीन जना बुहारीलाई सम्मान गरेको छ । म्याग्दे गाउँपालिकाले सासु र ससुराको स्याहरसहित सम्मान र माया गर्नेको खोजी गरी ‘असल बुहारी सम्मान कार्यक्रम’ अन्तर्गत सो सम्मान गरेको हो ।

 

बुढेसकालमा सन्तानबाट टाढिनु र अपहेलित भई वृद्धाश्रमको वास बस्नुपर्ने बाध्यता मुक्त पालिका बनाउने उद्देश्यअनुरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सम्मानित हुने बुहारीमा वडा ७ का नन्दुमाया थापा र वडा ४ का चन्द्रकुमारी कुमाल छिन् ।

 

उनीहरु दुई जनाले अशक्त अवस्थामा रहेका एकल पुरूष ससुरा बुवालाई झण्डै एक दशकदेखि स्याहारसुसार गर्दै आएकी छिन् । वडा ७ का उमा सेनलाई पनि सम्मान गरिएको छ । सेनले बिरामी भई ५ बर्षदेखि ओछ्यानमा थलिएकी सासूआमा कृष्णकुमारी सेनलाई माया ममताका साथ स्याहार गर्दै आएकी छिन्  । वृद्धवृद्धालाई सम्मानका लागि यस किसिमका कार्यक्रम प्रभावकारी हुने बुझाई पालिकाको छ ।

 

गाउँपालिकाबाट पुरस्कृत एवम् सम्मान पाएपछि खुशी लागेको सम्मानितहरुको प्रतिक्रिया छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले दोसल्ला ओढाई प्रशंसापत्र र करुवा प्रदान गरेर सयुक्त रुपमा सम्मान गरे । सम्मान पाउनका लागि नभई मानवीयताको नाताले आफूहरुले काम गरेको उनीहरुको भनाई छ ।