close

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । बुधबार अपराह्न ह्वील चियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

केही समयअघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।