close

आगमछेँ पुननिर्माण छलफलमा तीब्रता: नेपाली शैली र सिपबाट बनाइने

आगमछेँ पुननिर्माण छलफलमा तीब्रता: नेपाली शैली र सिपबाट बनाइने

Trulli
ADVERTISEMENT

काठमाडौँ - हनुमानढोका नासलचोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपालीसिप र शैलीमापुननिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबिच साझा मत भएको छ । चौक्वाठ शैलीमानिर्मित मल्लकालीन दरबारको दक्षिण पश्चिम कुृनामाअवस्थित आगमछेँ मन्दिर पुननिर्माणलगायत दरबार क्षेत्रमा रहेका शिव पार्वती डवली, मसानचोकमा थुपारिएका मक्किएका काठ व्यवस्थापन, नारायण सत्तल, कामदेव मन्दिर पुनःनिर्माणलगायतका विषयमा छलफल गर्न आयोजना गरिएको सरोकारवाला कार्यालय र अधिकारीको बैठकमा साझामत देखिएको हो । 

२०७२ को भूकम्पको कम्पनले जीर्ण भएका बसन्तपुर क्षेत्रका केही सम्पदा पुननिर्माण भइसकेका छन् । केही पुननिर्माणका चरणमा छन् ।

यी प्राचीन भौतिक संरचनामध्ये भूकम्पको कम्पनले जीर्ण बनाएको आगमछेँको जोखिम अवस्थाका बारेमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेको थियो । यसको पुनःनिर्माणका लागि नेपाली मौलिक शैली र प्रविधिको प्रयोग गरेर सवलीकरण गर्ने विषयमा स्थानीय र विज्ञबाट प्राप्त सुझाव र प्रतिवेदनका आधारमा यसलाई सवलीकरण गर्ने प्रक्रिया अगाडि बढेको छ । 

बैठकमा धारणा राख्दै प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले, प्राविधिक, सामाजिक, राजनीतिक र प्रक्रियागत सन्तुलन कायम गरेर पुनःनिर्माणको काम थाल्नु पर्ने बताए ।सम्पदा पुननिर्माणसँगै व्यवस्थापन (हेरचाह र नियमित सफाइ)मा काम गर्नु पर्नेमा उनले जाेड दिए । यस्तै प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले प्रदेश सभाबाट उपलब्ध गराउनु पर्ने सहजीकरण र समन्वयमा आफ्नो भूमिका हुने बताए ।

'नेपालीसिप र शैलीमापुनःनिर्माणमा सबैको साझामत छ । अब यसलाई सार्वजनिक खरिद र उपभोक्तामध्ये कुन उपयुक्त विधि हुन्छ । यसमा सुक्ष्म अध्ययन र प्रभावविश्लेषण गरौँ,' महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘योजनाकाविषयमा समुदायलाई जानकारी दिऔँ । सरोकार राख्ने सबैसँग छलफल गरेर निर्विवाद रुपमापुननिर्माणको कामथालनी गरौँ । यत्ति त ढिला भइसक्यो । समुदायलाई सहभागी गराउँदा केहीमहिना लाग्छ भने त्यो समयमाहतार नगरौँ ।'

आगमछेँको पुननिर्माण काठमाडौँ महानगरपालिका र पुरातत्व विभागको सँगै कामगर्ने योजना छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने, 'प्राचीन स्मारक संरक्षण ऐनले निर्दिष्ट गरेका व्यवस्था बमोजिम हुनेछ ।'

छलफलका विषय प्रस्तुतगर्दै हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, ‘२०७२ सालको भूकम्पले संरचना भत्काउँदा जम्मा भएका करिब ४ हजार क्युविक काठ मसान चोकमा छ । त्यसमध्ये बुट्टाकुँदिएका १ हजार क्युविक काठ छुट्याइएको छ । बाँकी ३ हजार क्युविक काठ मक्काएर पुनप्रयोग गर्न नसकिने अवस्थामा छ । यसलाई व्यवस्थापन गर्ने विषय तत्काल टुङ्गो लगाउन आवश्यक भएको छ ।’

ती काम नलाग्ने काठ लिलाम विक्रीको प्रक्रिया अगाडि बढेको थियो । सम्पदा क्षेत्रका काठ लिलाम भयो भन्ने आरोप आउने सम्भावना भएकोले प्रक्रिया स्थगित गरियो । घाटमा दिने विषयमा पनि छलफल भएको थियो ।मन्दिरमा भएका शुद्ध काठ घाटमा दिन नमिल्ने सुझाव आयो । पुनःप्रयोगमा ल्याउन नसकिने काठलाई व्यवस्थापनगर्ने विषयमा निर्णय गरौँ । खनालको प्रस्ताव थियो ।

बैठकमा शिवपार्वती डवली पुननिर्माण प्रगतिका विषयमा प्रतिवेदन प्राप्त गर्न नसकिएको सहरी विकास तथा भवन निर्माण विभागलाई प्रतिवेदन पठाउन अनुरोध गर्ने विषयमा छलफल भयो । यसको पुनःनिर्माण प्रदेश सरकारमार्फत विभागले गरिरहेको छ । 

माजु देग अगाडिको कामदेव पुननिर्माणमा बजेट विनियोजन गर्ने विषयमापनि छलफल भएको थिएको थियो । 

छलफलमा वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, हनुमानढोका दरबार क्षेत्र संरक्षण उपसमितिका संयोजक बिनोद राजभण्डारी, वडा नं. १९ काअध्यक्षएवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले, स्थानीयले अपनत्वगर्ने ढाँचामा पुननिर्माणको काम गर्नु पर्ने बताए । 

आगमछेँको अवस्था

आगमछेँ पहिलो ३ तलाभवन र माथिल्ला ३ तलामन्दिर शैलीमा छ । भूकम्पपछि ४ ठाउँमा उत्खनन गरेर जगको अवस्था अध्ययन गरिएको थियो । यसमध्ये ३ ठाउँमा इटा र गारोको अवस्था राम्रो भेटियो । १ ठाउँमा ५० मिलिमिटर इन्क्लाइनेसन भेटिएको छ । बैठकमा प्रस्तुतिकरण गर्दै आर्किटेक्ट रेणु महर्जनले भने, ‘माथिल्लो संरचना जोखिमयुक्त छ । पर्खाल चर्किएको, छुट्टिएको छ । यसलाई काठको टेकाले अड्याएर राखिएको छ ।’

के हो आगमछेँ ?
नेवार परिवारमा आफ्नै छुट्टै भगवान स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वामन्दिरका स्वरुपमा बनाइएको हुन्छ । 

हनुमानढोखा दरबार भित्रको मोहनचोक प्रतापमल्लले बनाएका हुनाले यससँगैको आगमछेँ पनि उनैले बनाएको जनविश्वास छ । यो तान्त्रिक दशमहा विद्या देवी अन्नपूर्णको मन्दिर हो । 

मन्दिरभित्र महत्वपूर्ण भित्रेचित्र छ । मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् ।