close

काठमाडौंका तीन कर्मचारी निलम्बित

काठमाडौंका तीन कर्मचारी निलम्बित

Trulli
ADVERTISEMENT

काठमाडौँ- बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । 

काठमाडौं महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै नगरप्रमुख शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन् । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिइएको छ । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको स्रोतले जनाएको छ ।