close

आन्दोलनमा मृत्यु भएका स्थानीयको शोकमा सार्वजनिक बिदा

आन्दोलनमा मृत्यु भएका स्थानीयको शोकमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

अछाम- चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारीमा प्रदर्शनको क्रममा गत पुस १३ गते ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई राहत दिँदै गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतका परिवारलाई पालिकाले  एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष भिमबहादुर साउँदले आर्थिक सहयोगसँगै बिहीबार सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिए । 

पालिकाको विज्ञप्तिमा लेखिएको छ, ‘यस शोकको घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी कामना गर्दछौं, साथै यस दुःखद घटनामा चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको बैठकबाट शोक प्रस्ताव पारित भई आर्थिक सहायता डेढ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।’