close

मेयर्स फोरमको निर्णय : काठमाडौंको फोहोर संघ सरकारले जिम्मा लिनुपर्छ

मेयर्स फोरमको निर्णय : काठमाडौंको फोहोर संघ सरकारले जिम्मा लिनुपर्छ

Trulli
ADVERTISEMENT

काठमाडौं- मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । 

बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टले टिओआर (टर्म अफ रेफेन्स) बनाउँदा कुनैपनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम नेपाल सरकारले नै गर्ने गरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नका निम्ति सरकारलाई नै अनुरोध गर्ने फोरमले निर्णय गरेको हो ।