close

माहुरीपालकलाई घार वितरण गर्दै मालिकार्जुन

माहुरीपालकलाई घार वितरण गर्दै मालिकार्जुन

Trulli
ADVERTISEMENT

दार्चुला– मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिकाका माहुरीपालक कृषकलाई माहुरी घार वितरण गरिएको छ ।

 

मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलाका माहुरी कृषकलाई घार वितरण गरिएको हो । कार्यक्रममा मालिकार्जुनको वडा नम्बर १ लाई माहुरी नमुनाा गाउँ छनोट गरिएको थियो । सोहीअन्तर्गत अहिले कृषकलाई माहुरी घार वितरण गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए । चालू आर्थिक वर्षमा कुल ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए छ ।


नमुना माहुरीपालक कृषि गाउँ कार्यक्रमअन्तर्गत १ सय कृषक छनोट गरिनेछ । माहुरी कृषक समन्वय समितिका अध्यक्ष अमरसिंह बोहराका अनुसार कार्यक्रमअन्तर्गत ६ सय घार प्रवद्र्धन गरिनेछ । 


पहिलो चरणमा ७१ वटा गोला वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी र कृषि ज्ञान केन्द्र प्रमुख पन्तले पहिलो चरणमा आएका ९६ गोलासहितको घार वितरण गरेका हुन् । 


यस्तै, दोस्रो चरणमा ९१, तेस्रो चरणमा ९६ र चौथो चरणमा १३३ गोलासहितको घार वितरण गरिनेछ । कार्यक्रमअन्तर्गत १५० वटा खाली घार वितरण गरिने उनले प्रमुख पन्तले बताए ।

 

माहुरीपालनको सम्भावना रहेको यस वडामा व्यावसायिक रूपमा माहुरीपालन अगाडि बढाउन नमुना माहुरीपालन गाउँ छनोट गरिएको ज्ञान केन्द्र प्रमुख पन्तको भनाइ छ । ‘यो वडामा प्रशस्त मात्रामा माहुरीपालन हुँदै आएको छ । मह उत्पादन पनि राम्रो भएका कारण कृषकलाई व्यावसायिकीकरण गर्दै लग्ने योजना छ’, उनले भने । 

 

माहुरीघार वितरण कार्यक्रमा मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले माहुरीपालन व्यवसायले यस क्षेत्रका नागरिककोे आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

माहुरी घार पाएपछि माहुरीपालक कृषक खुसी छन् । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार मालिकार्जुन वडा नम्बर १ बाट मात्रै यो वर्ष १५ क्विन्टल मह उत्पादन भएको छ भने जिल्लाभरबाट ५२ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ ।

 

दार्चुलाको लेकम, मालिकार्जुन, मार्मा, लेकम गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिकामा बढी मह उत्पादन हुने गरेको छ ।