close

कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काएपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ ।


कावासोतीको थाना चोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोती नजिकै सडक भत्काएको हो ।


सडकको आधा बढी भाग भत्किएको छ भने बाँकी रहेको भाग पनि ओडारजस्तो भनेर भत्किने अवस्थामा पुगेको छ ।


अहिले पैदलयात्रीसमेतलाई आउजाउ गर्न रोक लगाइएको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाटो मर्मतका लागि प्रयास भइरहेको छ । बाटो बिहान ८ बजेदेखि अवरुद्ध भएको हो ।


तथापि वैकल्पिक बाटो (गाउँको बाटो प्रयोग गरेर) अत्यावश्यक सवारी साधन र हलुका सवारी साधनलाई भने पास गराइएको छ ।


नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलगायतको टोलीले उक्त सडक अनुगमन गरेको छ ।