close

वाणगंगाका किसानलाई भैंसी किन्न ३० प्रतिशत अनुदान हातहातै 

वाणगंगाका किसानलाई भैंसी किन्न ३० प्रतिशत अनुदान हातहातै 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिकाले ग्रामीण क्षेत्रका किसानलाई भैंसी खरिदमा ३० प्रतिशत अनुदान दिएको छ । कैलाश आश्रम कृषि सहकारीमा आबद्ध ५० किसानलाई भैंसी खरिदका लागि ३५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । 


वाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगर र राजपुरका कृिष सहकारी संस्थामार्फत किसानको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा भंैसी हस्तान्तरण गरिएको छ ।
हुलाकी राजमार्ग दूध उत्पादन कार्यक्रमअनुसार किसानलाई भैंसी हस्तान्तरण गरिएको छ । सहकारीले दूध उत्पादन बढाउन किसानलाई सहयोग गरेको हो ।सहकारीले हाल दैनिक ७ सय लिटर दूध वडाबाट संकलन गरिरहेको छ ।

 

भैंसी सहयोगपछि ५ सय लिटर दूध उत्पादन बढ्नेछ । वाणगंगालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले सहयोग गरिएको नगरपालिका प्रमुख मगंलप्रसाद थारुले बताए । नगरपालिका दूध, मह, कुखुराको अन्डा र मासुमा आत्मनिर्भर भइसकेकाले अब तरकारी र फलफूल उत्पादनमा जोड दिइने उनको भनाइ छ ।


नगरपालिका उपप्रमुख चक्र अर्यालले युवालाई विदेश जानबाट रोक्न पहिलो रोजगारीको आधार कृषि भएकाले उनीहरूलाई कृषिमा लाग्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाले सहयोग र प्रोत्साहन गर्ने जानकारी दिए ।ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गर्ने माध्यम कृषि र लघु उद्यम भएकाले पालिकाले प्राथमिकताका साथ लगानी गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले प्रतिबद्धता व्यक्त गरे ।


पालिकाले गोठ सुधार, काउ म्याट, मिल्क क्यान, भ्याक्सिनेसन, ह्विल ब्युरो, पशु बिमा क्षेत्रमा समेत लगानी गरेपछि किसानलाई सहज भएको रमा गाईपालन फार्मका धनराज रेग्मीले बताए । भैंसीपालनका कारण नन्दनगर क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष २५० घरपरिवारलाई रोजगारी मिलेको कैलाश आश्रम कृषि सहकारी संस्थाका अध्यक्ष खुमलाल शर्माले जानकारी दिए ।