close

बाजुराको अन्द्रीमा फस्टाउँदै सामूहिक स्याउ खेती

बाजुराको अन्द्रीमा फस्टाउँदै सामूहिक स्याउ खेती

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्रीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको छ । आलु र सिमीको पकेट क्षेत्र मानिने अन्द्रीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको हो । 


गाउँपालिकाको केन्द्रबाट झन्डै एक दिनको पैदल यात्रामा पुगिने अन्द्री आलु र सिमीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । गौमूल गाउँपालिका वडा नम्बर १ मा रहेको अन्द्री गाउँ भौगोलिक हिसाबले दुर्गम मानिन्छ । हिमाली भेगमा पर्ने उक्त गाउँमा बढीजसो सिमी र आलु फल्ने गर्दछ ।

 


पछिल्लो समय यहाँका पाखाबारी स्याउ बगैँचामा परिणत भएका छन् । एक घर एक बगैँचाजस्ता कार्यक्रम गौमूल गाउँपालिकामा सञ्चालन भइरहेका छन् । गाउँपालिकाको यस कार्यक्रमले पालिकाका अधिकांश किसान पछिल्लो समय आत्मनिर्भर हुँदै गएका छन् ।


अन्द्राडी जुनसुकै क्षेत्रकोे भूभाग स्याउ खेतीका लागि योग्य छ । उक्त गाउँमा स्याउ लगाएको दुई तीन वर्षमै राम्रोसँग खेती फस्टाएपछि यहाँका स्थानीयले आम्दानी लिन थालेका छन् । अहिले बगैँचामा १ हजार स्याउँका बोट रहेका छन् । खेती व्यवस्थित गर्न र बाहिर बजारसम्म लैजान सामूहिक स्याउ खेती उपयुक्त मानिए पनि बाजुरामा खासै सामूहिक स्याउ खेती गरेको पाइँदैन ।


गाउँको खाली पाखो जग्गामा गरिएको स्याउ खेती फस्टाउँदै गएको हो । अन्द्राडीको सिंगो गाउँको स्वामित्वमा रहने गरी खेती गरिएको छ । खाली रहेको पाखो बारी सदुपयोग गर्न ४ वर्ष पहिले स्याउका बोट लगाइएको थियो । सम्बन्धित निकायको साथ र सहयोग भएपछि स्याउ खेती गरेरै मनग्य आम्दानी हुने र यहाँका युवाले रोजगारका लागि विदेशिनुपर्ने अवस्था हटेको स्थानीय बताउँछन् । 

 

‘पहिलो चरणमा दुई वर्षीय स्याउ रोपेका थियौँ । पहिलो वर्षमा तीन महिनामै स्याउ फल्यो । प्रत्येक परिवारले २८ हजार रुपैयााँ बढी स्याउबाट आम्दानी गरेका छन्,’ सामूहिक स्याउ खेतीका चौकीदार फुगे रोकायाले भने । गाउँपालिकाले घेराबारदेखि व्यवस्थापनसम्म चासो दिँदा स्याउ खेती फस्टाउँदै गएको उनको भनाइ छ ।’


गाउँपालिकाले ०७५ देखि पहिलो चरणमा स्याउ खेतीको परीक्षण गरेको गौमूल कृषि शाखा प्रमुख दीपेन्द्र सार्कीले बताए । ‘पहिलो चरणमा ५ सय स्याउ बोट रोपिएको र दोस्रो चरणमा गाउँपालिकाले बजेट विनियोजन गरेर स्थानीयले स्याउ बोट लगाएका थिए । अघिल्लो वर्षबाट स्याउ राम्रै उत्पादन भएको छ’, उनले भने । अन्द्राडी गौमूल गाउँपालिकाकै एक मात्र सामूहिक स्याउ खेती गर्ने गाउँ हो ।