close

कृषि योजना छनोट गर्ने अधिकार कृषकलाई

कृषि योजना छनोट गर्ने अधिकार कृषकलाई

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमा कृषिलाई प्राथमिकतामा राखेको छ । 

गाउँपालिकाअन्तर्गतका  अगुवा तथा व्यावसायिक कृषकहरूको खेति प्रविधिमा सुधार तथा उत्पादन वृद्धि गर्ने योजनासहित गाउँपालिका सरकारले कृषिलाई प्राथमिकतामा राखेको हो । 

कृषि कार्यक्रमलाई सफल बनाउनका लागि सूचीकरण, तथ्याङ्क संकलन तथा परिचय पत्र वितरण गरिनेछ । साथै परिचय पत्र पाउनका लागि कार्यविधि बनाएर निस्चित मापदण्ड बनाइने गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताए । 

गाउँपालिका अध्यक्ष राईका अनुसार परिचय पत्र पाएका कृषकहरूको अधिकार कृषि योजना छनोट गर्ने र गाउँपालिकाभिका सबै कृषकहरूको जीवनस्तर सुधारमा केन्द्रित हुनेछ । कृषकहरूले नै छनोट तथा वर्गीकरण गरेका योजनालाई गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा प्राथमिकता राख्ने अध्यक्ष राईको भनाइ छ । 

आर्थिक वर्ष ०७९/०८० को नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त योजना पारित गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले पालिका खबरलाई बताए । 

गाउँपालिकामा हालसम्म १२९५ कृषक सूचिकृत भएका छन् । साथै १२ वटा कृषि समूह दर्ता भइसकेका छन् भने २५ वटा कृषि फर्म पनि दर्ता भएका छन् ।