close

उखु खेती गर्ने किसानलाई लालझाडीको अनुदान

उखु खेती गर्ने किसानलाई लालझाडीको अनुदान

Trulli
फाइल तस्विर
ADVERTISEMENT

कञ्चनपुर– लालझाडी गाउँपालिकाले उखु खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले उखु खेती गर्ने किसानलाई ७० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।

आर्थिक वर्ष २०७९/२०८० मा दर्ता भएका कृषकले दर्ता विवरण नविकरण गर्न सूचना जारी गरेको कृषि शाखाका अधिकृत दशरथ साउँदले जानकारी दिए । स्थानीय नयाँ उखु खेती गर्ने कृषकले आर्थिक वर्ष २०८०/०८१ मा आवश्यक कागजातसहित चैत मसान्तसम्म नविकरण गर्न सकिने अधिकृत साउँदले बताए ।

‘गाउँपालिकाअन्तर्गतका छुटेका किसानलाई दोस्रो पटक सूचना जारी गरेको हो । उखु खेती गर्ने किसानले अनुदान लिनबाट बञ्चित नहुन भनेर दोस्रो पटक सूचना जारी गरेको,’ अधिकृत साउँदले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाका ६ वटा वडाका किसानले उखु उत्पादन गर्ने गरेको उनले बताए । कञ्चनपुरको दक्षिणी भेगको बेलौरी, लालझाडी, बेल्डाडी र पुर्नबासमा उखु उत्पादन धेरै हुने गरेको उनले सुनाए ।