close

नौगाडद्वारा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

नौगाडद्वारा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । गाउँपालिकाले कृषक, कृषक समूहलाई ५० प्रतिशत अनुदानमा बिहीबार उपकरण वितरण गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको कृषि नाप्रस मुकुन्द सिं ठगुन्नाले बताए । उनका अनुसार ३८ जना कृषक, कृषक समूह तथा उद्यमीहरुलाई वितरण गरिएको हो ।

गाउँपालिकाले मल्टीक्रप थ्रेसर १३ वटा, मिनी टिलर ९ वटा, घाँस काट्ने मेसिन ६ वटा, ईलेक्ट्रोनिक कर्न सेलर ६ वटा, गहुँ बताउने पंखा ३ वटा र फलफुल काँटछाँट सिडी १ गरी ३८ वटा कृषि सामग्री वितरण गरेको नाप्रस ठगुन्नाले पालिकाखबरलाई जानकारी दिए ।
कृषि यान्त्रिकरणका लागि १७ लाख बजेट विनियोजन गरेको छ ।