close

बनेपामा वर्षमा दुईपटक बजार अनुगमन

बनेपामा वर्षमा दुईपटक बजार अनुगमन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाले वर्षको दुई पटक बजार अनुगमन गर्ने गरेको छ । नगरपालिकाले औपचारिक रुपमा जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण शाखासहित वर्षको दुई पटक बजार अनुगमन गर्ने गरेको हो । 

एक हप्ताभित्र  नै बजार अनुगमन गर्ने तयारी गरिरहेको नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले बताइन् । ‘यस अघि छ महिना पहिले बजार अनुगमन गरेका थियौँ । अरु अनौपचारिक रुपमा बजारको अनुगमन गरिरहेका नै हुन्छौँ,’ उनले भनिन् ।  

उनको अनुसार बजार अनुगमनमा अखाद्य वस्तु भेटिएमा कारबाहीको अधिकार स्थानीय तहलाई हुँदैन । ‘जिल्ला प्रशासन कार्यालयलाई अखाद्य वस्तु नष्ट गर्ने, कारबाही गर्ने अधिकार हुन्छ । हामीले समन्वय गर्ने हो,’ उनले भनिन् । 

बजार अनुगमनमा मेडिकल क्षेत्र, होटल क्षेत्र, उद्योग, किराना पसल आदिको अनुगमन गरिने उनले बताइन् । पहिले नै कुन/कुन क्षेत्रको अनुगमन गर्ने भनेर सूचक निर्धारण गर्ने र सोही अनुसार बजार अनुगमन गरिने उनले पालिकाखबरलाई बताइन् ।